मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिरालो जमिन क्षेत्रका बासिन्दालाई सचेत रहन मौसमविदको आग्रह

भिरालो जमिन क्षेत्रका बासिन्दालाई सचेत रहन मौसमविदको आग्रह

सुदूर आज

काठमाण्डौ – आइतबार बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । 

पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलि लगातार झरीको संभावना कतै पनि छैन ।

तर मनसुन चलिरहेकाले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने संभावना छ । 

यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने र कतै कतै ठूलो पानी पनि पर्न सक्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।