मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा १ करोड ७३ लाख ९६ हजार कोरोना संक्रमित

विश्वमा १ करोड ७३ लाख ९६ हजार कोरोना संक्रमित


काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७४ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख ९६ हजार ९४३ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । 

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ७५ हजार ६० पुगेको छ । 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ ।