मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘इनफ इज इनफ’ को शान्तिपूर्ण आन्दोलनमा कांग्रेस सभापतिको ऐक्यवद्धता

‘इनफ इज इनफ’ को शान्तिपूर्ण आन्दोलनमा कांग्रेस सभापतिको ऐक्यवद्धता


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ का अभियन्ता ‘ई’ लाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले शनिबार ‘ई’ सत्याग्रहमा बसेको स्थल बसन्तपुर पुगेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

सभापति देउवाले ‘इनफ इज इनफ’ को जारी शान्तिपूर्ण आन्दोलनमा ऐक्यवद्धता पनि जनाए । उनले सत्याग्रही ‘ई’ ले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताए ।

“हाम्रो पार्टीको, पूरा जनताको ऐक्यवद्धता छ,” सत्याग्रही ‘ई’ लाई भेटेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “मान्छे मर्न दिनुहुँदैन । ओली सरकारले तुरुन्त मानिस पठाएर उहाँ (ई) को माग पूरा गरेर उहाँलाई बचाउनुपर्छ ।”

सभापति देउवाले ‘इनफ इज इनफ’ का अभियन्तामाथि ठाउँ–ठाउँमा भइरहेको धरपकडको विरोधसमेत गरे । ‘इनफ इज इनफ’ ले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आह्वान गरेको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन गइरहेका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

शनिबार नै सत्याग्रही ‘ई’ लाई कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले पनि भेट गरेका थिए । यस्तै ‘ई’ लाई शनिबार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पनि भेट गरेको ‘इनफ इज इनफ’ मन अभियन्ता मध्येका एक लोचन आचार्यले जानकारी दिए। – बारह्खरी