मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३१५ जना थपिए संगै कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

३१५ जना थपिए संगै कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३१५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । 

१४ हजार ४९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । शनिबार मात्रै विभिन्न अस्पतालबाट ९३ जना जना संक्रमित निको भएर घर फर्किएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।