प्रदेश समाचार

सुदूरपश्चिमका ३०१० संक्रमित घर फर्किए

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शुक्रवार थप दुई कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शुक्रवार कञ्चनपुरका दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार १० पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४१, डोटीका पाँच सय ३७, कैलालीका पाँच सय ३०, कञ्चनपुरका चार सय ८३, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।

बाजुरा दुई सय ५३ , बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार चार सय ४९ जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन्। नौँ जनाको भने मृत्यु भईसकेको छ।  

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार पाँच सय २४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिममा १५ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य सेवा निर्देशक डा.गौचनले गरे पत्रकार बिसीको उपचारका लागि २५ हजार आर्थिक सहयोग
मालिका बिकास संघ अछामद्धारा पत्रकार बिसीको उपचारका लागि ४६ हजार बढी सहयोग
बिगत एक महिनादेखि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध