राजनिति

कांग्रेसले गर्यो भ्रातृ संघहरुको म्याद थप्यो

काठमाडौं – कांग्रेसले म्याद गुज्रिएका आफ्ना विभिन्न भ्रातृ संघहरुको म्याद थप गरेको छ।

म्याद सकिएका संघहरुको आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन हुनेगरी समाप्त भएको मितिबाट ६ महिनाका लागि म्याद थप गरिएको हो।

म्याद थप भएका संघहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकूर समाज रहेका छन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी यी संघहरुको म्याद थपिएका जानकारी गराएका छन्।

कांग्रेसले आगामी फागुनमा महाधिवेशनको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कांग्रेसले सुरु गर्यो क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण
ओली र प्रचण्डको ४ घण्टा लामो छलफल पनि निष्कर्षविहीन
‘इनफ इज इनफ’ को शान्तिपूर्ण आन्दोलनमा कांग्रेस सभापतिको ऐक्यवद्धता
पार्टीभित्रको विवाद पद प्राप्तिका लागि होइन : प्रचण्ड