मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायक बजारमा किनमेल गर्नेको घुइँचो

विनायक बजारमा किनमेल गर्नेको घुइँचो


अछाम- लामो समयको बन्दा बन्दी पुर्ण रुपमा खुले संगै जिल्लाका मुख्य ब्यापारी केन्द्रहरुमा चहलपहल बढ्न थालेको छ ।

बिभिन्न चाँर्ड पर्व नजिकिए संगै जिल्लाका मुख्य ब्यापारी केन्द्रमा किनमेल गर्ने मानिसहरुको चहलपल बढ्न थालेको हो । लामो समयको बन्दाबन्दी पुर्ण रुपमा खुल्ला र विभिन्न मेला पर्व नजिकिएका कारण बजारहरुमा निकै भिडभाड देखिने गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रविन्दुमा रहेको विनायक बजारमा करिव ३ दिन अघि देखी निकै भिडभाड देखिन थालेको छ । लामो समयको बन्दाबन्दी खुलेपनि जोखिम कायमै रहेकाले बजार क्षेत्रमा आवश्यक सर्तकता नअपनाउदा जोखिम बढ्न सक्ने भएकाले बजार क्षेत्रमा बढि सर्तकता अपनाउन जरुरी रहेको वडा नम्वर ३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहीले बताए ।

उनका अनुसार विनायक बजारमा हिँजो आजको भिडभाड मेला पर्व जस्तो भएको छ । सम्पुर्ण ब्यापारीहरुलाई किनमेल गर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन ।