मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुप सहित पाँचवटा प्रदेशमा भा’री व’र्षाको सम्भावना, सतर्क रहन आग्रह

सुप सहित पाँचवटा प्रदेशमा भा’री व’र्षाको सम्भावना, सतर्क रहन आग्रह

सुदूर आज

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने तथा पहिरो जाने विभागले जनाएको छ ।

विभागले हवाई तथा सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।