मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब अनलाइनबाट विषयगत प्रश्नको उत्तर

अब अनलाइनबाट विषयगत प्रश्नको उत्तर

सुदूर आज

काठमाडौँ: विद्यार्थीले सोधेको विषयगत प्रश्नको उत्तर अब अनलाइनमा नै प्राप्त हुने भएको छ। पाठशाला नेपालले pathshalanepal.com मा विद्यार्थीले सोधेको जुनसुकै प्रश्नको उत्तर सजिलै एकदेखि दुई घण्टामा उपलब्ध गराउने नेपालका सञ्चालक गोविन्द सापकोटाले जानकारी दिए। 

उनका अनुसार उक्त अनलाइनमा विद्यार्थीले कक्षा ८ देखि स्नातकोत्तर तहसम्म र लोकसेवा आयोगसम्बन्धी प्रश्नको उत्तर दिइनेछ। “विद्यार्थीले आफू नजानेको प्रश्न अनलाइनमा अपलोड गर्ने छन्”, उनले भने, “अनि हामीले ती विषयसँगसम्बन्धी शिक्षकबाट प्रश्नको उत्तर सोही अनलाइनमा राख्नेछौँ।” अहिले दैनिक ५० वटा प्रश्न सोधिने गरेका छन्।

विशेषगरी गणित, विज्ञान विषयमा विद्यार्थीले बढी प्रश्न सोध्ने गरेका छन्। पाठशाला नेपालले प्रश्नको उत्तर लेख्नका लागि १२ जना विषयगत शिक्षक अनलाइनमा राखेको छ। नेपालका सञ्चालक सापकोटा बन्दाबन्दीमा विद्यार्थीलाई पठनपाठन गर्न सहज होस् भनेर प्रश्नको उत्तरको व्यवस्था गरिएको बताए। – रासस