मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबिरल बर्षाले विभिन्न ठाँउमा पहिरो, मेल्लेख गाँउपालिकामा लाखौँको क्षति

अबिरल बर्षाले विभिन्न ठाँउमा पहिरो, मेल्लेख गाँउपालिकामा लाखौँको क्षति

सुदूर आज

लालबहादुर चदारा ।

मंगलबार रातीदेखि आईरहेको लागातर अबिर बर्षाका कारण मेल्लेख गाउपालिकाको विभिन्न स्थानमा ठुलो क्षेति पु¥याएको छ । बर्षाका कारण आएको पहिरोले बुढाबगरमा ब्यापारीको पसलमा क्षति पुगेको छ ।

मेल्लेख गाउपालिका वडा न ४ कुस्कोटका शुक्र साउदको पसल पहिराले छापे पछि ९ लाख बराबरको कस्मेटिक पसलमा क्षति भएको उनले बताएका छन् । कुस्कोटमा सडक बाट गएको पानी गाउमा खोला जस्तै बनाएपछि खोलाले चिरेर स्थानीय डम्बर मिजार मोति ताम्राकार चन्द्र मिजार टेक साउद र बिरबहादुर साउदको घर जोखिममा रहेका छन् ।

घरपरिवार आफ्नो घर छोडेर गाई भैंसी बाध्ने छानामा बस्न बाध्य भएका छन भने कुस्कोटकै नर बहादुर शाह, हिरा शाह, मीन शाह, जनक शाह, पदम शाह, गोपाल मिजार, प्रताप मिजार, टेक साउद, जंगे नेपाली, भौरि देबि नेपाली, रमेश नेपाली, सुक्र मिजार लगायतका घर पनि जोखिममा रहेका वडा अध्यक्ष वीर बहादुर साउदले बताए ।

मेल्लेख गाउपालिका वडा न ३ ठाटिमा बगुडामा पनि बिच गाउमा पहिरो गएपछि स्थानिय राम तिरुवा प्रेम तिरुवा, डम्बर तिरुवा, गोरख मिजार, र पृथ्वी शाहको घर पनि जोखिमा परेका छन् । यस्तै गाँउपालिकाका ग्रामीण सडक सबै अबरुद्ध भएका छन भने विभिन्न ठाउँमा बिधुतका पोल ढल्दा बिधुत सेवा पनि अबरुद्ध भएको छ ।

पालिकाको बिन्धेबासनि सरानि गाडमा रहेको बिधुतको कुलोमा समेत पहिरोले क्षेति पु¥याउदा बिधुत सेवा अबरुद्ध भएको छ । ५ सय ५० भन्दा बढि घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन ।