मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेबीसंघ अछामका नेता कुवँरले गरे बिरामीलाई आर्थिक सहयोग

नेबीसंघ अछामका नेता कुवँरले गरे बिरामीलाई आर्थिक सहयोग

सुदूर आज

अछाम । दाह्री ग्याङ अछामका अध्यक्ष उमेश कुवँरले अप्ठेरोमा परेका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । समाजसेवी तथा कांग्रेसका यूवा नेता कुँवरले आफ्नो जन्मदिनमा एसटीएस रोग बाट ग्रसित बिरामीलाई आर्थिक सहयोग गरेका हुन् ।

नेबिसंघ सिटीभीटीका उपाध्यक्ष समेत रहेका समाजसेवी कुवँरले साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गरेका हुन् । कुँवरले आर्थिक अभावका कारण काठमाडौं नयाँबानेश्वरमा रहेको सिभिल हस्पिटलमा छटपटाई रहेका समाजसेवी भाटको उपचारमा थोरै भएपनि राहत मिलोस् भनेर सहयोग गरेको बताए ।

समाजसेवी कुवँरले बिद्यार्थीका पक्षमा वकालत गर्नुका साथै पछिल्लो समयमा समाजसेवामा समेत सक्रिय रहेका छन् । दारी ग्यांग अछाममा रहेर कुवँरले मानवताको सेवा भावले विभिन्न सामाजिक कार्य गर्दे आएका छन् ।

एसटिएस रोग बाट ग्रसित साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गर्ने चाहिने ब्यक्तीले उहाँको राष्ट्रिय वाणिज्य बैंक मा रहेको ११७००१९१९३१० खातामा सहयोग गर्न सकिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।