ब्यानर

अछाम बहुमुखी क्याम्पस सहित सुपका ९ क्याम्पसलाई नमुना रुपमा स्तोरन्नती गरिने

अछाम । जिल्लाको अछाम बहुमुखी क्याम्पस सहितसुदूरपश्चिमका ९ वटा क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो ।

मन्त्रीस्तरीय निर्णयबाट अछामको अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस, कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र डडेल्धुराको त्रिवेणी क्याम्पस जोगबुढा नमूना क्याम्पसको रुपमा स्तरोन्नतिका लागि छनौट भएका छन् ।

यस्तै डोटीको केदारजोति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस समेत छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्ध जन्मभूमिबारे विवाद छैन : परराष्ट्र
देशभर साढे ६ हजार सक्रिय संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२
राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु