मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा थप ४ जना संक्रमित, १७ डिस्चार्ज

कर्णालीमा थप ४ जना संक्रमित, १७ डिस्चार्ज


काठमाडौं- कर्णाली प्रदेशमा आज (शनिबार) थप चार जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।

कर्णालीको सामाजिक विकास मन्त्रालय आज जारी गरेको विज्ञप्ति अनुसार थपिएका सबै संक्रमित रुकुम पश्चिमका छन्। यससँगै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या एक हजार सात सय ३७ पुगेको छ।

यस्तै, त्यहाँ आज १७ जना डिस्चार्ज भएका छन्। योसहित त्यहाँ कोरोनामुक्त हुनेको संख्या एक हजार ५१० छ।

त्यहाँ अहिलेसम्म कोरोना संक्रमित ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।