मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भट्टिकाे प्याराे ग्राहक- कलेजको अब्बल विद्यार्थी

भट्टिकाे प्याराे ग्राहक- कलेजको अब्बल विद्यार्थी


  • लक्ष्मण साउद ।

जब यो सृष्टिमा मान्छेको जन्म हुन्छ त्यसपश्चात उसले आफ्नो वातावरण र क्षमता अनुसारको एउटा लक्ष्य बनाउछ् । अनि सपना पूरा गर्न न्वारानदेखिको बल लगाउछु भन्ने एक किसिमको अठोट गर्छ। ततपश्चात उ केही घडिसम्म आफ्नो लक्ष्य प्राप्तिका लागि सङघर्ष गर्छ तर बिस्तारै उ आफ्नो लक्ष्यबाट बिचलित हुदै जान्छ।

मानौ कि एउटा व्यत्तिको आखिरि लक्ष्य एउटा कुशल इन्जिनियर बन्नु थियो । तर उ कुशल इन्जिनियर बन्न सक्दैन बरु अरु केही बन्ला,भट्टिका लागि प्यारो ग्राहक,कलेजका लागि चुतिया बिद्यार्थी , समाजका लागि बोझ, अभिभावकका लागि खर्च गर्ने मेसिन थुप्रै ।

कारण कुशल इन्जिनियर बन्नका लागि अतिआवश्यक पर्ने कापि कलम प्रयोगात्मक सामाग्रीको व्यवस्थापन गर्न नसक्नु ,कलेजमा उपस्थित नहुनु ,भइहालेपनि कक्षामा कुरा गर्दै बस्नु ,गृहकार्य नगर्नु यावत कुराहरु। कुरा इन्जिनियरको मात्र होइन ।यहाँ हर क्षेत्रमा यस्तै भइरहेको छ।

एक कुशल व्यवस्थापक बन्न खोज्ने विद्यार्थीले व्यवस्थापन समबन्धि व्यत्तिहरुसंग साइनो गास्ने कुरा,किताबहरु सङकलन गर्ने काम गरेको भए कम्ता साकार हुन्थ्यो सपना।बरु यहाँ बिना उपलब्धिका बेकार कुरा काट्ने र जागिर नै ठानेर लुडोमा गोट्टि काट्ने खेल बढी भइरहन्छ । मानौ विश्व प्रसिद वैज्ञानिकहरु आफ्नो लक्ष्यमा अडिग नभएर अर्कैतिर ध्यान केन्द्रीत गरिदिएको भए सायद हामी इन्टरनेटको जमानामा होइन ढुङगे युगको कठिन अवस्थामा हुन्थेउ ।

यदि एउटा जुत्ता पसलेले सबै किसिमका जुत्ताको मात्र पसल सञ्चालन गरिदिने हो भने ग्राहकले पसल पसल चाहरि रहनु पर्ने झन्झट नि खतम चाहरे बापत हुने थुप्रै नैतिक र आर्थिक पक्षबाट पनि बन्चित।साहुजि नि जुत्ताको लागि विज्ञ बनिसक्छ यतिसम्म कि ग्रहाकको खुट्टा देख्ने बित्तिकै नाप भन्न सक्ने।

तथापि हामिले लक्ष्य एउटा बनाएर मन अर्कैतिर लगाइदिदा स्वयम व्यत्ति मात्र नभएर सिङ्गो परिवार ,आफू सम्बन्धित सस्था ,आफ्नो मातहतमा रहेका कर्मचारी र देश नै धरासहि अवस्थामा पुग्छ।त्यो बेलाको समय अति पिडादायि हुन्छ र आफ्नो जिन्दगी नै धिक्कार लाग्छ। जिन्दगी न त यताको हुन्छ नत उताको हुन्छ ।

यसो भनिरहदा जिवनका आधारभुत आवश्यकता पूरा गर्नतिर नलाग्नुहोस भनेको पनि होइन । बरु हामीले कसरी हुन्छ आफ्नो लक्ष्य प्राप्तिका लागि आवश्यक पर्ने मेहनत ,लगाव ,र समयको समिश्रमबाट कुशल बत्ता, कुशल नेता,कुशल व्यापारी ,कुशल प्रशिक्षक,कुशल विश्लेषक बन्नतिर लागौ।