मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धेरै कोरोना संक्रमित भएको जिल्लाको सुचिमा अछाम, संक्रमित पनि कम उमेरका बढी

धेरै कोरोना संक्रमित भएको जिल्लाको सुचिमा अछाम, संक्रमित पनि कम उमेरका बढी

सुदूर आज

सरिता खड्का, अछाम /

धेरै संक्रमित भएको जिल्लाको सुचिमा अछाम पनि रहेको छ। देशका बिभिन्न १२ जिल्लामा ५ सय बढी संक्रमित छन्। जसमा अछाम सहित सुदूरपश्चिमका बाजुरा डोटी र कैलाली पनि रहेका छन्।

अछाम ६२४ जना कैलाली ९०९ जना, बाजुरा ६१६ जना र डोटीमा ५७८ जना कोरोना संक्रमित भेटिएको महाशाखाको तथ्यांकले देखाएको छ ।

यस्तै सबै भन्दा बढी १५ देखि २५ वर्ष उमेर समुहका व्यक्तिहरुमा कारोना सक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामको बिहिवारको तथाक अनुसार जिल्लामा हालसम्म यो उमेर समुहका २१६ जना संक्रमित रहेका छन् ।

त्यसैगरी २५ देखि ३५ उमेरका १९६जना,३५ देखि ४५ उमेरका ७७ जना, ४५ देखि ५५ उमरेका ३३ जना, ५ वर्षका ३२ जना, ५ देखि १० वर्ष उमेरका २० जना, ५५ देखि ६५ वर्ष उमेरका १५ जना , १० देखि १५ वर्षका १४ जना र सबैभन्दा कम ६५ बर्ष माथीका ४ जना सक्रमित रहेका स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए।