मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ प्रतिशत महिलाले गर्छन् मदिरा सेवन, पुरुष ४१ प्रतिशत

९ प्रतिशत महिलाले गर्छन् मदिरा सेवन, पुरुष ४१ प्रतिशत

सुदूर आज

काठमाडौं– नेपालमा १५–४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाले र सोही उमेर समूहका ४०.६ प्रतिशत पुरुषले मदिराजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।

‘नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६’ अनुसार उनीहरुले महिनामा कम्तीमा एक पटक मदिराजन्य पदार्थ सेवन गर्ने गरेका छन्।

त्यस्तै १५–४९ वर्ष उमेर समूहका ६.१ प्रतिशत महिला र ४५.२ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्दै आएका छन्।

५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै चुरोट सेवन गर्ने गरेको तथ्यांकले जनाएको छ।

त्यस्तै १५ वर्ष अगावै ७.९ प्रतिशत पुरुष र ५.० प्रतिशत महिलाले मदिराजन्य पदार्थ सेवन गर्छन्।