मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १६ जना कोरोना संक्रमित थपिए

अछाममा १६ जना कोरोना संक्रमित थपिए

सुदूर आज

अछाम – जिल्लामा १६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको साँफेबगर नगरपालिकामा ११ र मेल्लेख गाउँपालिकामा ५ जना गरि १६ जनामा संक्रमण देखिएको हो।

मेल्लेखमा देखिएका ५ जना संक्रमितको कोरोना परिक्षण सेती प्रादेशिक प्रयोगशाला धनगढी र साँफेबगरका ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना पुष्टी भएको थियो।

अछाममा कोरोना संक्रमितको संख्या ५ सय ८५ पुगेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।