मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक चक्र बम ‘ओए गाजल’ भन्दै आए (भिडियो सहित)

गायक चक्र बम ‘ओए गाजल’ भन्दै आए (भिडियो सहित)

सुदूर आज

गायक तथा मोडल चक्र बमको सांगितिक कोशेली गाजल सार्वजनिक भएको छ । गायन र नृत्य मात्र नभई शब्द सृजना तथा संगितको काममा समेत पोख्त बम नेपाली दर्शकमाझ निकै लोकप्रिय छन ।

उनका गित संगित पनि चर्चाको शिखरमा पुग्ने गरेका छन । नेपाली सांगितिक बजारमा एक पछि अर्को उत्कृष्ट सृजना पस्कन अब्बल बमले निकै फरक धारको नयाँ गित गाजल सार्वजनिक गरेका हुन ।

गायक स्वयमको शब्द, संगित तथा स्वर रहेको गाजल बोलको गितमा चक्र बम र गीता ढुङ्गानाको अभिनय रहेको छ ।

केशब बडुको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियामा बिक्रम चौहानले निर्देशन गरेका छन भने प्रकाश खडकाको छाँयाकन रहेको छ ।

मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो गायक चक्र बमको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।