मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउडामा नयाँपन, ‘मुख्याकी छोरी खोज्दै आए’ गायक जनक साँउद

देउडामा नयाँपन, ‘मुख्याकी छोरी खोज्दै आए’ गायक जनक साँउद


पवित्रा खड्का, अछाम ।

पछिल्लो समय दर्शक र श्रोता सामु चर्चामा रहेका कलाकार जनक साँउद देउडामा नयाँपन दिदैँ उत्कृष्ट कोशेली पस्कदै आएका छन् । अछाम घर भएका गायक साँउद कलाकारिता क्षेत्रका एक दशक भन्दा बढी देखि सक्रिय छन् ।

गितसंगित संगै हाष्यबंग्यमा समेत अब्बल रहेका साँउदले हालै मात्र एक नयाँ देउडा गित सार्वजनिक गरेका छन् । बिशेष फिल्मसको प्रस्तुतीमा गायक साँउदले मौलिक डेउडा गित “मुख्या कि छोरी” बोलको गितको भिडियो सार्वजनिक गरेका छन् ।

सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका प्रस्तुत गरिएको देउडा गितमा शोभा थापा र जनक साउदको स्वर रहेको छ । आफ्नै लयमा सार्वजनिक भएको गितमा शब्द भने कलाकार तथा संचारकर्मी नरेन्द्र रावलको रहेको छ ।

विजय थापाको संगीत संयोजन रहेको गितको छायाकन अमित बिकले गरेका हुन् भने राजेश कुमारले म्युजिक भिडियो सम्पादनको काम गरेका छन् । चक्र साउद आर.सीको निर्देशन सार्वजनिक भएको भिडियोमा सरस्वती बन, जनक साउद, सचेत बटाला, पुष्प बिष्ट र बिमला साउदको अभिनय रहेको छ ।

कलाकार साँउदले यस अघि पनि मौलिक पन सहितको नयाँ लयमा देउडा गित सार्वजनिक गरेका थिए । विगतका गितहरु जस्तै यो गितले पनि स्थान पाउने कलाकार साँउदको अपेक्षा छ ।