मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोरविजोर प्रणाली उल्लंघन गर्ने सवारीसाधन कारबाहीमा

जोरविजोर प्रणाली उल्लंघन गर्ने सवारीसाधन कारबाहीमा

सुदूर आज

काठमाडौँ – उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोरविजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ । जोरविजोर प्रणालीको पूर्ण पालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाइ गरेको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागिउ पत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिइरहेको छ भने अर्कातर्फ जोरविजोर प्रणालीको पूर्णपालना गराउन चेक प्वाईन्टहरू राखि थप कडाइ गरिरहेको छ ।

आज शुत्रबारमात्रै अटेर गरी जोरविजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९४८ वटा दुई पाङ्ग्रे, २४७ भाडा कार (ट्याक्सी) र १६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १,३५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोरविजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ । – नेपाल समय