मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दारी ग्याङ समूह अछाममा पनि बिस्तार, संयोजकमा उमेश कुँवर

दारी ग्याङ समूह अछाममा पनि बिस्तार, संयोजकमा उमेश कुँवर

सुदूर आज

समुहले समाज रुपान्तरणका लागि जनचेतना मुलक अभियान संचालन गर्ने

धिरज कुँवर, अछाम।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ अछाममा पनि बिस्तार भएको छ । दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराको पहलमा यसको शाखा अछाम बिस्तार भएको हो।

साँफेबगर निवासी यूवा उमेश राणा कुवँर संयोजकत्वमा सर्वसम्मत कार्य समिति चयन गरिएको छ। जसको सहसंयाेजकमा ,धिरज कुवँर ,सचिवमा नमराज भण्डारी, कोषाध्यक्षमा सुशिल भण्डारी ,सहसचिवमा दिनेश कुवँर मिडिया संयोजकमा पूर्ण खड्का ,प्रविधि संयोजकमा,रमेश महर , सल्लाहकारमा खेमराज ढुंगाना र अमित खड्का चयन भएका छन ।

समितिमा थप सदस्य समितिको पहिलो बैठकले थप गर्ने बताइएको छ। निर्बाचित संयोजक कुँवरका अनुसार दारी ग्याङ अछामले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्नेछ ।

अछामका पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्ने, रक्तदान गर्ने एवं सचेतना प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गर्ने समूहका संयोजक कुवँरले बताए। समाजका विकृतिका विरुद्ध अभियान चलाउने र यसको लागि योजना बनाइरहेको उनको भनाइ छ।

चार बर्ष अघि सामाजिक संजालबाट सुरु भएको दारी ग्याङ नेपालका ३१ भन्दा बढि जिल्लाहरुमा बिस्तार भएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए।