मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दर साँफेबगर (फोटो फिचर)

सुन्दर साँफेबगर (फोटो फिचर)

सुदूर आज

अछाम – साँफेबगर नगरपालिका अछामको प्रमुख ब्यापारिक केन्द्र बिन्दुका रुपमा चिनिन्छ। जिल्लाका ४ ओटा नगरपालिका मध्येको एक नगरपालिका हो साँफेबगर। स्वास्थ्य सेवाका क्षेत्रमा अब्बल मानिएको निसुल्क गुणस्तरीय सेवा प्रदान गरिरहेको बयालपाटा अस्पताल पनि यहि नगरमा अवस्थित छ।

धार्मिक क्षेत्रका हिसाबले पनि महत्वपूर्ण नगरमा नेपालका ४ धाम मध्यको एक बैद्यनाथ धाम यसै नगरमा अवस्थित छ। पर्यटकीय क्षेत्रमा पनि नगरमा खप्तड लगायतका गन्तब्य छन्।

नगरमा साँफेबगर एअरपोर्ट पनि संचालनमा रहेको नगरमा जिल्लाका सरकारी देखि अन्य गैरसरकारी संघ संस्था पनि क्रियासिल छन्।

नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१ बैसाख २५ गतेको निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा गरेको थियो ।

नगरपालिकामा साबिकको बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट समाहित भएका छन्।