मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अगाडि बढ्यो अछाम र बाजुरा जोड्ने निमार्णधिन पुलको काम

अगाडि बढ्यो अछाम र बाजुरा जोड्ने निमार्णधिन पुलको काम


गीता कुँवर, अछाम : अछाम र बाजुरा जोड्ने निमार्णधिन बिरा मोटरेबल पुल निमार्ण कार्यले तिब्रता लिएको छ। मुआब्जाका बिषयमा पटक पटक रोकिँदै आएको पुलको कामले अहिले तिब्रता लिएको हो।

पुलको अहिले ६० प्रतिशत काम सकिएको ईन्जिनियर राजीव शाहले जानकारी दिए। उनका अनुसार पुल बैशाखसम्म निमार्ण भइसक्छ भने अब दुई वटा स्ल्याप हाल्न बाँकी छ। मुआब्जाको विवाद सल्टिएको छ। मेल्लेख गाउँपालिकाको कुस्कोट, ठाँटीलगायत क्षेत्रका मानिसहरुलाई आवतजावतमा समस्या भएपछि बाजुराको रिठा बजार तल बिरास्थित बूढीगंगामा ७५ मिटर लामो पुल बन्न लागको हो। पुलले अछामको मेल्लेख गाउँपालिका-४ ठाँटी र बाजुराको बुढीगंगा नगरपालिका-८ लाई जोड्ने छ। पुल आसपासका जग्गाको सम्पूर्ण मुआब्जा नपाएको भन्दै स्थानीयहरुले काममा अवरोध गरेपछि पुल निमार्णको रोकिँदै आएको थियो।

एकै टोलका २३ जनाको जग्गापुल निमार्ण स्थलसम्म जाने सडकमा परेको बाजुरा बुढीगगा नगरपालिका–८ का वडा सदस्य सुरेन्द्र थापाले बताए। यसअघि सरकारी दररेट अनुसार १४ लाख दिने सहमति भएको उनले बताए। ९ लाख रकम दिएको र बाँकी ५ लाख मेल्लेख गाउँपालिकाले दिने सहमति भएको थियो। गाउँपालिकाकाले रकम दिन ढिलाई गरेपछि स्थानीयले पटक पटक अवरोध गरेका कारण पुलको काम ३ वर्षसम्म रोकिँदै आएको थियो। स्थानीयले पाउन बाँकी ५ लाख रकम दिएपछि निमार्ण कार्य अगाढी बढेको पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताए।

स्थानीयले अवरोध नगरे अब सयमै पुलको काम सक्ने पुल निमार्णको जिम्मा पाएको स्वाँर कन्स्टक्सनका प्रोपाइटर रवि स्वाँरले बताए। ०७२ मा तत्कालिन जिल्ला विकास समितिसँग सम्झौता भएको पुल २ वर्षमा बनाइसक्ने गरी स्वाँर कन्स्ट्रक्सनले जिम्मा लिएको थियो। भ्याट बाहेक ४ करोड ७८ लाख ८८ हजार ४ सय ५२ रुपैयाँको लागतमा पुल निमार्ण हुनेछ।