मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा लकडाउनको आंशिक उल्लंघन

कैलालीमा लकडाउनको आंशिक उल्लंघन


धनगढी : कोरोना भाईरसको सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’ को दोश्रो दिन पनि कैलालीमा आंशिक उल्लंघन भईरहेको छ। अत्यावश्यक कामबाहेकमा बाहिर ननिस्कन भनिए पनि मंगलबार सर्वसाधारणले त्यस्को बेवास्ता गरेका थिए भने बुधवार विहान पनि जिल्लाका विभिन्न चोक  र सहरी क्षेत्रका सडकहरुमा सर्वसाधारणको आवागमन भईरहेको छ। 

‘लकडाउन उल्लंघन’ गर्ने क्रम बढे कर्फ्यु र निषेधाज्ञा जारी गर्न सरकारले मुलुकभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। सरकारले मंगलबार बिहानदेखि चैत १८ गतेसम्मका लागि मुलुक लकडाउन गरेको छ। 

मंगलबार सडकमा निस्किएका कतिपयलाई सुरक्षाकर्मीले सम्झाएर घरमा फिर्ता गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहर िनायव उपक्षिक दक्षकुमार बस्नेतले मंगलवारको तुलनामा आज भने लकडाउनको कार्यान्व्यन भईरहेको बताए। उनका अनुसार सीमा क्षेत्रमा पनि आज नेपालीहरु पुगेका छैनन्। 

कोरोना संक्रमण फैलन सक्ने जोखिम औंल्याउँदै सरकारका निर्णय कार्यान्वयन गर्ने अधिकार सबै प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयले जनाएको छ। स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको हो। 

प्रशासनले मानव आवतजावतलाई निरुत्साहित गर्न र अटेर गर्नेलाई बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। सशस्त्रको फौज ब्याक फोर्सका रूपमा तैनाथ छ भने फ्रन्ट लाइनमा स्वास्थ्यकर्मीसहितको प्रहरी टोली खटिएको छ। सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै चोकचोकमा प्रहरी खटाइएका छन्।

सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक देववहादुर बोगटीले कारोनाविरुद्धको लकडाउन भएकाले नागरिक आफैं पनि सचेत भएको बताए। सुरक्षा निकाय आफ्नो क्षेत्रमा छुट्टाछुट्टै खटिएको र माइकिङ गरी सर्वसाधारणलाई घरभित्रै बस्न अपिल गरिएको उनले दिनेश खवरलाई जानकारी दिए। – dinesh khabar