मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाद्धारा ३० लाखको रोकथाम एँव निवारण सहित उपचार कोष स्थापना

मंगलसेन नगरपालिकाद्धारा ३० लाखको रोकथाम एँव निवारण सहित उपचार कोष स्थापना


कमल रावल, अछाम – जिल्लाको मंगलसेन नगरपालिकाले कोरोनाभाईरस संक्रमण रोकथाम एँव निवारण सहित उपचार कोष स्थापना गरेको छ ।

बिश्वमा त्राासको रुपमा फैलिरहैको कोरोनाभाईरसबाट कोही पनि ब्यक्ति संक्रमित नहोस र आवश्यक परे सहयोगका लागि तत्काल नगरले ३० लाख बजेट छुट्याएर कोष स्थापना गरेको नगर प्रमुुख पदम बहादुर बोहराले बताउनु भयो ।

नगरको आज बसेको आकस्मिक बैठकले जिल्ला कृषि बिकास बैँक अछाममा आजै खाता संञ्चालन गरि नगरका प्रत्येक जनप्रतिनीधीले ५ दिनको बैठक भत्ता र नगरका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मिले ३ दिन बराबरको तलब खातामा जम्मा गर्ने उहाँले बताउनु भयो ।

मानविय सहायतका लागि यो अभियान थालेकाले कृषि बिकास बैँक मंगलसेनमा रहेको खाता नम्बर ०८२२७०१७००९०१० सहयोगि हात फैलाएर सहयोग गरिदिन समेत उहाँले आग्रह गर्नु भयो ।

सरकारको निर्णय अनुसार यसबर्ष चैत १९ गते हुने चैते दशैँ नगर्ने परिपत्र आएकाले कार्यान्वयन सहीत मंगलसेन नगरपालिकाका कुनै वडामा समेत चैते दशै नगर्ने लगाएत निर्णय पारित भएको नगरपप्रमुुख बोहराले जानकारी दिनुभयो ।