मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका ३ यूवाले ३ सय माक्स निशुल्क बितरण गरे

मेल्लेखका ३ यूवाले ३ सय माक्स निशुल्क बितरण गरे


अछाम – कोराना भाईरसको जोखिम बढ्दैँ गएपछि अछामका केही सक्रिया युवाहरुले सकरात्मक काम गर्दै आईरहेका छन् । कोरोना भाईरसको संक्रमण फैलिन नदिन व्यक्तीगत सुरक्षाका सामाग्री बितरण गर्ने कार्य अछाममा भईरहेको छ ।

यसै अन्र्तगत आज मेल्लेख गाउँपालिकाका ३ जना क्रियाशिल युवाले संयुक्त रुपमा निशुल्क मास्क बितरण गरेका छन ।

गाउँपालिकाको वडा नम्वर ७ नन्देगडाका ३ जना युवाहरुले संयुक्त रुपमा ३ सय वटा मास्क निशुल्क रुपमा बितरण गरेका हुन ।

नेश्नल लाईफ बिमा कम्पनीमा अभिकर्ता रहेका जीवन बुढा, बुढा मेडिकल क्लिनिकका डम्वर बुढा र वडा सदस्य टंक बहादुर बुढाले निशुल्करुपमा ३ सय वटा मास्क नन्देगडा स्वास्थ्य चौकिलाई हस्तान्त्रण गरेको हुन् ।

स्वास्थ्य चौकि ईन्चार्ज नृप बुढालाई हस्तान्तरण गरिएका मास्क स्वास्थ्य चौकिमा आउने सेवाग्राहिलाई प्रदान गरिने छ ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन केहि हद सम्म भएपनि सहयोग गर्ने उदेश्यले आफुहरुले मास्क बितरण गरेको अभिकर्ता क्रियाशिल युवा जीवन बुढाले बताउनु भएको छ ।