मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामूहिक बलात्कार घटनामा संलग्न पक्राउ पछि सार्वजनिक

सामूहिक बलात्कार घटनामा संलग्न पक्राउ पछि सार्वजनिक


महोत्तरीफागुन २८  : जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका दोषीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी२४ वर्षीय राजु ठाकुर३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमै सार्वजनिक गरेको हो । परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तस्थलमा पु¥याएर सातले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीन अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

घटनापछि जलेश्वर अस्पताल पु¥याइएका दुवै किशोरी उपचारले सामान्य भएका प्रहरीले जनाएको छ । पक्राउ परेका चारैलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।