मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले एन जि ओ ले गरेका कामको अनुसरण गर्नुपर्छ : उपप्रमुख रावल

सरकारले एन जि ओ ले गरेका कामको अनुसरण गर्नुपर्छ : उपप्रमुख रावल

सुदूर आज

अछाम : जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाका नगर उपप्रमुख हर्क बहादुर रावलले एन जि ओ ले गरेका कामहरुको नगरपालिकाले अनुसरण गर्नुपर्ने बताएका छन ।
वाक नेपाल अछामद्वारा सन्चालित उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाको कार्यक्षेत्र अनुगमन पछिको एक कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीको लापरबाहीले सरकारले गर्ने काममा गुणस्तर हराउदै गएको बताए । उनले भने ,एन जि ओ का कर्मचारी खटनपटन धेरै गर्छन उनिहरुको ग्रेड ए प्लस आउँछ । हाम्रो सरकारी कर्मचारी खट्दैनन । हाम्रोमा त कसैकसैले डि सम्म ल्याउछन।
उनले विभिन्न दातृ निकायबाट प्राप्त हुने सहयोगमा समुदायका अगुवाहरु नै समिटिन नहुने भनाई राखे ।

परियोजनाले कृषि, पशुपालन तथा ब्यवसाय क्षेत्रमा गरेका कामको अनुगमन गरिएको हो । कार्यक्रममा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ का वडा अध्यक्ष, नगरपालिकाको बिषयगत शाखाका शाखा संयोजक र संस्थाका कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
अनुगमन पश्चात् सहभागी सरोकारवालाहरुले वाक नेपालले गरेका कामको प्रसंसा गरेका छन । सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुने कामहरु बिपन्न बर्ग सम्म पुग्नुपर्नेमा सबैको जोड थियो ।