मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा तरुण दलको जिल्ला कमिटी बिस्तार

अछाममा तरुण दलको जिल्ला कमिटी बिस्तार


अछाम । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल अछामको जिल्ला कमिटी बिस्तार गरिएको छ । युवाहरुले नेतृत्व गर्ने संगठनका रुपमा रहको तरुण दलको २३ सदस्यि जिल्ला कमिटी बिस्तार भएको छ । जिल्ला कमिटी अध्यक्ष रमेश बिष्टले शुक्रबार एक कार्यक्रमका बिच जिल्ला किमिटी बिस्तार गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका उपसभापती नयाँराम बजगाई प्रमुख अथिति रहेका थिए । प्रमुख अथिति बजगाँईले पार्टीलाई बलियो बनाउन तरुणको भुमिका महत्वपूर्ण हुने भन्दै त्यहि अनुसार सक्रिय भएर काम गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला सचिव टक्कर शाह बिशिष्ट अथिति रहेका थिए ।

कमिटि बिस्तार कार्यक्रममा जिल्ला सदस्य खडक भण्डारी, प्रदेश ख का प्रतिनिधी दल बहादुर साँउद, बान्निगढी जयगढ गाँउपालिका सह सचिव झनक खत्री लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन तरुण दल अछामका जिल्ला सदस्य नेत्र थापाले गरेका थिए ।