मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाको ‘आँखा रातो’? एडिनो भाइरस पनि हुनसक्छ

बालबालिकाको ‘आँखा रातो’? एडिनो भाइरस पनि हुनसक्छ


हाल बालबालिकामा एडिनो भाइरस फैलदो छ। यो वर्षेनी देखिने भएकोले नयाँ भाइरस भने होइन।अनुसन्धानहरुले ६ महिनादेखि ५ वर्षको उमेरसम्ममा एडिनो भाइरसको संक्रमण उत्कर्षमा पुग्ने देखाएका छन्। बालबालिका १० वर्ष पुगुन्जेलसम्ममा कम्तिमा पनि एकपटक संक्रमण भइसकेको हुने अध्यनहरुले देखाएको छ। यसबाट पनि एडिनो भाइरस हाम बीच कति ब्याप्त रहेछ भन्ने देखाउँछ।

बालबालिकाहरु सामान्यतय डे-क्यर सेन्टरमा जाँदा र त्यहाँ रहेका खेलौनाहरुको प्रयोग गर्दा, विद्यालयमा बालबालिकाहरु विभिन्न अतिरिक्त क्रियाकलापमासँगै हुँदा एक अर्कामा संक्रमण सार्ने सम्भावना बढी हुने गर्दछ। पाँच वर्ष मुनिका बालबालिकामा देखिने सबैभन्दा बढी स्वास्थ समस्यामा श्वास-प्रश्वासको संक्रमण पहिलो स्थानमा पर्दछ। र श्वास-प्रश्वास संक्रमण गराउनेमा अनुमानित ७-८ प्रतिशत एडिनो भाइरस कारक हुने अनुसन्धानहरुले देखाउँदछ।

एडिनो भाइरस नेपालमा नियमित परीक्षण अन्तर्गत पर्दैन। तसर्थ लक्षणको आधारमा अनुमान गर्नु पर्ने हुन्छ। तर एडिनो भाइरसको लक्षण रुघाखोकी (फ्लू भाइरससँग पनि ) धेरै मिल्दो जुल्दो हुनाले छुट्याउन भने सहज छैन। त्यस्तै कोरोना संक्रमणले पनि हाल उचाइ लिदै गर्दा एडिनो भाइरसको अनुमानमा थप चुनौती थपि दिएको छ। यी दुई भाइरसको सर्ने तरिकामा पनि धेरै समानताहरु पाइन्छ।

हाल फैलिरहेको कोरोना भाइरस ओमिक्रोन भेरिएन्ट अन्तर्गतका उपप्रजाति र ती उपप्रजातिहरुका पनि थप म्यूटेड भाइरसहरु भएको र ओमिक्रोन भेरिएन्ट आफैंमा रुघाखोकीको जस्तो लक्षण सहित विकसित भएकोले पनि एडिनो भाइरससँग छुट्याउन सहज हुने छैन ।अर्थात् भाइरस फरक तर लक्षणहरु मिल्दो जुल्दो देखिनेछ।

नाकबाट पानी (सिंगान) बग्नु, ज्वरो आउनु, खोकी लाग्नु,घाँटी दुख्नु आदी एडिनो भाइरसको मुख्य लक्षणहरु हुन्। धेरैले बहिरंग विभागबाट नै उपचार वा परामर्श लिएर स्वास्थ्यलाभ गर्न सक्दछन्। तर कतिपयमा भने निमोनिया जस्तो जटिलता पनि देखिने गर्दछ। निमोनिया बाहेक शरीरका अरु अंगहरुमा पनि जटिलताहरु देखिन सक्नेछ। आँखा रातो हुने अर्थात् ‘पिंक अथवा रेड आइज’ एडिनो भाइरसमा देखिने मुख्य चिन्हहरु मध्यमा पर्दछ। सबै  ‘पिंक अथवा रेड आइज’ भएकाहरु एडिनो भाइरस संक्रमित नै हुनुपर्छ भन्ने त होइन तर केहि दिन अगाडि परिक्षण गरिएका धेरै नमुनामा एडिनो भाइरस पुष्टि भएकोले हाल ‘पिंक अथवा रेड आइज’ देखिएकाहरुमा एडिनो भाइरसको संक्रमण अनुमान गर्न भने सकिनेछ। यद्यपि नमुना परीक्षणबाट मात्र अन्तिम पुष्टि गर्न सकिनेछ। 

अन्तमा, एडिनो भाइरस आफैंमा नौलो भाइरस भने होइन। एडिनो भाइरस र ओमिक्रोन भेरिएन्ट अन्तर्गतका उपप्रजाति र ती उपप्रजातिहरुका पनि थप म्यूटेड भाइरसहरुका लक्षणहरु एक अर्कासंग धेरै हदसम्म मिल्दो जुल्दो हुने हुदा संक्रमितमा देखिने ‘पिंक आइज वा रेड आइज’ ले यी दुई भाइरसमा फरक छुट्याउन केहि हदसम्म सहयोगी हुनेछ। किनभने कोरोनाले उचाई लिँदै गर्दा बालबालिकामा एडिनो भाइरसले संक्रमित गरेको भएता पनि अभिभावकहरुमा कोरोना संक्रमणको त्रास/शंका भने रहिरहेको पाइन्छ।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)