मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा एक बर्षमा ५४ हजार बढीको उपचार, ७ हजार बढी हार्डजोर्नीका बिरामीको सफल सल्यक्रिया

बयालपाटा अस्पतालमा एक बर्षमा ५४ हजार बढीको उपचार, ७ हजार बढी हार्डजोर्नीका बिरामीको सफल सल्यक्रिया


अछाम । अछाम जिल्लाको साँफेबगरमा रहेको बयालपाटा अस्पतालले पछिल्लो एक आर्थिक बर्षमा ५४ हजार ७ सय ३४ जनाको उपचार गरेको छ ।

अस्पतालले गत आर्थिक बर्ष २०७८÷०७९ मा अन्तरंग २ हजार २ सय ७०, बहिरंग ४४ हजार ६ सय १६ र आकस्मिक कक्षमा ७ हजार ३ सय ४८ जनाको निशुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।

अन्य आर्थिक बर्षको तुलनामा यो संख्या कम हो । पछिल्लो समय कोभिडका कारण केही बिरामी संख्या कम भएपनि अहिले अस्पतालमा आउने बिरामीको संख्या बढीरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले हालसम्म लाख बढीको निशुल्क उपचार गरेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकार संग साझोरी गर्दै अस्पतालले सुदूर तथा कर्णाली प्रदेशका जनतालाई निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

बयालपाटा अस्पतालमा बिरामी अस्पताल प्रबेश देखि निको भएर घर र्फकुञ्जेल सम्म कुनै पैसा लाग्दैन । सबै प्रकारका सेवा निशुल्क दिईरहेको अस्पतालले एम्बुलेन्समा भने केही शुल्क लिने गरेको छ ।

७ हजार ४ सय २९ जना हार्डजोनीका बिरामीको सफल सल्यक्रिया

बयालपाटा अस्पतालले आर्थिक बर्ष २०७८÷०७९ मा ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल सल्यक्रिया समेत गरेको छ ।

अस्पतालमा कार्यरत मेडिकल तथा शल्यचिकित्सा निर्देशक अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकको नेतृत्वमा ७ सय ८४ जना हार्डजोर्नीका बिरामीको ःबवयच ठुलो शल्यक्रिया भएको हो ।

अस्पतालले ६ हजार ६ सय ४५ जना हार्डजोर्नी बिरामीका सानो शल्यक्रिया समेत गरेको छ । मेजर र माईनर गरेर अस्पतालले ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल शल्यक्रिया गरेको सर्जन डा. मन्दिप पाठकले बताए ।

६ सय ७३ जनाले सुत्केरी सेवा लिए ।

बयालपाटा अस्पातलमा सुत्ेकरी गराउनेको संख्या समेत बढेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा अस्पतालमा ६ सय ७३ जनाले सुत्ेकरी सेवा लिएका छन् । जसमा ८४ जनाको शल्यक्रिया मार्फत सुत्ेकरी सेवा लिए ।