मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडागत मत विवरण- कांग्रेसको एमाले भन्दा १ लाखबढी, अरू दलको कति ? (सूचीसहित)

वडागत मत विवरण- कांग्रेसको एमाले भन्दा १ लाखबढी, अरू दलको कति ? (सूचीसहित)


काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका वडाध्यक्षहरूले पाएको मतका आधारमा नेकपा एमालेभन्दा नेपाली कांग्रेस करिब एक लाख मतले अघि देखिएको छ ।

निर्वाचन आयोगले मंगलवार सार्वजनिक गरेको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले वडाहरूमा पाएको मत ३८ लाख ११ हजार ६०२ मत पाएको छ । माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ ।

चौथो स्थानमा रहेको जसपाले वडाध्यक्षतर्फ ६ लाख ८८ हजार ३८० मत पाएको छ भने नेकपा एसले ४ लाख २२ हजार ७३७ मत वडाहरूमा पाएको छ ।

छैटौँ स्थानमा रहेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको छ । सातौँ स्थानमा लोसपा रहेको छ । उसले २ लाख ४४ हजार ८८८ मत पाएको छ ।