मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुलुमा पहिरोमा पुरिएर मुत्यु भएका ३ जना प्रति कांग्रेस अछामद्वारा शोक व्यक्त

भुलुमा पहिरोमा पुरिएर मुत्यु भएका ३ जना प्रति कांग्रेस अछामद्वारा शोक व्यक्त

सुदूर आज

अछाम ः जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नं. २ भुलुमा पहिरोले घर पुरिएर एकै घरका ३ जनाको मुत्यु प्रति नेपाली कांग्रेस अछामले शोक व्यक्त गरेको छ । कांग्रेस अछामले मंगलबार एक शोक विज्ञप्ती जारी गर्दै निधनभएका प्रति हार्दिक श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थ्य लाभकाो कामना गरेको छ ।

घाईते र उनका परवारको राहत तथा उद्धारका लागि संघिय, प्रदेश र स्थानिय सकार तथा कांग्रेसका नेता कार्यकर्तालाई आग्रह समेत गरिएको कांग्रेस अछामका सचिव टक्कर बहादुर शाहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यहि साउन ९ गते राती परेको अबिरल बर्षाका कारण तुर्माखाद गाउँपालिका वडा नं. २ भुलुका अम्मर बिष्टको घरको माथिबाट पहिरो आई घर पुरिएर बिष्टका भाई बिरेन्द्र बिष्ट, बिष्टका भाउजु हरिकला बिष्ट र भतिजा संबिधान बिष्टको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोमा परेर बिष्टीका आमा नैना बिष्ट घाईते भएकी थिईन् । उनको स्थानिय मेडिकलमा उपचार भई घर फर्किएकी छन् भने पहिरोका कारण घरमा रहेका ५ वटा बाख्रा समेत पुरिएका थिए ।