मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा बन्ने अस्पतालमा दरबन्दी यथावत लागु गरिनुपर्ने डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुप प्रदेशको माग

स्थानीय तहमा बन्ने अस्पतालमा दरबन्दी यथावत लागु गरिनुपर्ने डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुप प्रदेशको माग


धनगढी । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुदुरपश्चिम प्रदेश समितिले प्रदेश सरकारका सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बिभिन्न माग राख्दैँ समितीले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

समितीका अध्यक्ष, महासचिव लगायतले ३ बुदे माग राख्दैँ प्रदेश सरकारका समाजिक विकास मन्त्री माननिय गोविन्द राज बोहरालाई ज्ञापन पत्र बुझाईएको समतिीका दिपेन्द्र शाहीले बताए ।

ज्ञापन पत्रमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट कायम भएको ५,१०,१५ वेडको अस्पतालमा दरबन्दी यथावत लागु गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशमा अवैधानिक रुपमा संचालन गरिएका डेन्टल क्लिनिक अनुगमन गर्नुपर्ने र हरेक जिल्ला स्वास्थ्य कार्यलयमा छुट्र्याएको डेन्टल सम्बन्धी बजेटलाइ सही सदुपयोग गरिनुपर्ने माग उल्लेख गरिएका छन् ।