मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा सञ्जाल साँफेबगरका अध्यक्ष भण्डारीद्धारा जन्म दिनमा हेल्प अछामलाई आर्थिक सहयोग

युवा सञ्जाल साँफेबगरका अध्यक्ष भण्डारीद्धारा जन्म दिनमा हेल्प अछामलाई आर्थिक सहयोग


अछाम : अछाममा एक युवाले आफ्नो जन्म दिनको अवसरमा परोपकारी काम गरेका छन् ।

जिल्लाको साँफेबगर नगरपालिकाका युवा भुपेन्द्र भण्डारीले आफ्नो जन्म दिनको अवसरमा हेलप अछामलाई आर्थिक सहयोग गरेका हुन् ।

भण्डारीले हेल्प अछामलाई ८ हजार ३ सय २७ रुपयाँ सहयोग गरेका हेलप अछामका अध्यक्ष हिमाल उदासीले बताए ।

पछिल्ला केही बर्ष यता भण्डडारीले आफ्नो जन्म दिनमा समाजकि तथा परोपकारी क्षेत्रका सहयोग गर्दै जन्मदिन मनाईरहेका छन् ।

साफेबगर युवा सन्जालका अध्यक्ष समेत रहेका युवा भण्डारीले समाज परिर्वतन र सुधारका लागि आफैबाट राम्रो कामको सुरुवात गर्नुपर्ने बताए ।

हेल्प अछाम परोपकारी संस्था हो यसले बिभिन्न समयमा सामाजिक तथा परोपकारी काम गर्दै आईरहेको छ ।