राजनिति

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपाल आज निजगढ जाँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तासाझेदार दलका प्रमुख नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन्। 

प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न शीर्ष नेता त्यहाँ जान लागेका हुन्। 

प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। 

निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ दिएको छ। त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ। त्यसैले शीर्ष नेता निजगढ जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वडागत मत विवरण- कांग्रेसको एमाले भन्दा १ लाखबढी, अरू दलको कति ? (सूचीसहित)
विनोद शाही मुत्यु प्रकरण : दोसीलाई हदैसम्मको कारबाही गर्न काङ्ग्रेस अछामको माग
शेरबहादुर कुँवरले कहिल्यै पनि पदको लागि मरिहत्ते गर्नुभएन: अध्यक्ष नेपाल
भौतिक संरचनाको निर्माण र शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउन प्रतिबद्द छु : अध्यक्ष साउद