मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 


शेर बहादुर शाह, अछाम : धान बालिमा जैविक विविधता उपयोग ,आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७९ चौरपाटि गाउँपालिकामा मनाइएको छ।

कृषि बिकास शाखाको आयोजनामा वडा नम्बर ५ को ईन्द्रा बनमा ष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको हो ।

रोपाई महोत्सवमा चौरपाटि गाउपालिकाका अध्यक्ष भिम बहादुर साउद, उपाध्यक्ष सरदेबी खड्का, ५ नम्बर वडा अध्यक्ष हिउकर्ण खड्का ,कार्यपालिका सदस्य भरत बहादुर बिश्वकर्मा ,शिक्षा शाखा प्रमुख रामचन्द्र जोशी ,प्रहरी चौकी सिउडिका प्रमुख अकबर सिंह धामी लगायतको सहभागीता रहेको थियो ।

रोपाई महोत्सव सहभागी हुँदै पालिका अध्यक्ष साउदले निर्वाहमुखि कृषीलाई आधुनिक ब्यसायिक कृषि उन्मुख गर्ने बताउदै कृषि क्षेत्रको बिकासका लागी पालिकाले विशेष जोड दिने बताए।