मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोबाइल चार्जमा राखेर कुरा गरिरहनु भएको त छैन ?

मोबाइल चार्जमा राखेर कुरा गरिरहनु भएको त छैन ?


काठमाडौं । विद्युत सर्ट भएर थुप्रै दुर्घटनाका घटना हुँदै आएका छन् । त्यसैले करेन्ट सर्ट हुन नदिन सतर्क हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । 

करेन्ट सर्ट भएर हुने दुर्घटनाबाट बच्न मोबाइल चार्जमा राखेर कुरा गर्न तथा चलाउन नहुने प्राधिकरणले जनाएको छ । मल्टिप्लगमा ओभरलोड हुनेगरी विद्युतीय उपकरण नजोड्न आग्रह गरेको प्राधिकरणले राति फोन चार्जमा राखेर नसुत्न पनि सचेत गराएको छ । 

विद्युत सर्ट हुनसक्ने कमसल तारको प्रयोग गर्न नहुने जनाइएको छ । कमसल तार प्रयोग गर्दा तार जलेर त्यसबाटै आगलागीका घटना हुनसक्ने भएकाले सुरुमै सावधानी अपनाउन प्राधिकरणले सचेत गराएको छ ।