मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न

यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न


अछाम । जिल्लाको साँफेबगर नगरपालिकामा स्थानिय निति निर्माता तहका लागि बृहत यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।

साँफेबगर नगरपालिका र १४ वटै वडामा यौनिकता शिक्षा सम्बन्धी कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल परिवार नियोजन संघ डोटी शाखाको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुवँर, उपप्रमुख शिब बहादुर कुवँर, १४ वटै वडाका अध्यक्ष लगायतको सहभागीता रहेको वडा नं. १२ खप्तडका वडाध्यक्ष जनक बहादुर कडायतले जानकारी दिए ।

सयूक्त राष्ट संघिय जनसंख्या कोष नेपालको प्राविधिक सहयोग तथा अष्टेलियन एडको आर्थिक सहयोगमा कार्यक्रम गरिएको थियो ।