मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा बिद्यालयका लागि दिवा खाजा सम्बन्धी अभुमखिकरण कार्यक्रम सम्पन्न

साँफेबगरमा बिद्यालयका लागि दिवा खाजा सम्बन्धी अभुमखिकरण कार्यक्रम सम्पन्न


अछाम । जिल्लाको साँफेबगर नगरपालिकामा दिवा खाजा सम्बन्धी अभुमखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाल शिक्षा देखि कक्षा ६ सम्मका बिद्यार्थी बालबालिकालाई गुणस्तरिय दिवा खाजा सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला शिक्षा ईकाई प्रमुख लक्ष्मण गरी रहेका थिए ।

बिद्यालयमा बालबालिकालाई कसरी गुणस्तरिय खाजा खुवाउने भन्ने बिषयमा छलफल भएको नगरपालिका वडा नं. १२ का अध्यक्ष जनक कडायतले जानकारी दिए ।

बिश्व खाध्य कार्यक्रम नेपालको सहयोग तथा शिक्षाको लागि खाध्य कार्यक्रम परियोजना समन्वय कार्यालय धनगढीको आयोजनामा कार्यक्र भएको थियो ।

कार्यक्रममा उपप्रमुख शिब बहादुर कुवँर, १४ वटै वडाका वडा अध्यक्ष र बिधालय प्रधानाध्यापक तथा प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।