मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सिने हलमा पहिलो पटक भोजपुरी फिल्म ‘रण’को इन्ट्री हुदै

नेपाली सिने हलमा पहिलो पटक भोजपुरी फिल्म ‘रण’को इन्ट्री हुदै


काठमाडौं | नेपाली फिल्म हलमा पहिलो पटक कुनैपनि भोजपुरी फिल्मले ठुलो प्रदर्शन थालनी गर्ने भएको छ । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले तीन दर्जन बढि हलहरुबाट नेपाल प्रदर्शनको सुरुवात गर्ने निर्देशक पन्तले बताएका छन् ।

राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा (यहि साता) आउँदो शुक्रबारबाट ‘रण’ प्रदर्शनमा आउने पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ, यद्धपि विश्वज्योति हलमा लाग्ने कन्फर्म भइसकेको छ’, पन्तले भने ।

फिल्मले मुख्यतः तराई मधेश केन्द्रीत हलहरुमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए ।

जुलाई १० तारिखबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । प्रान्तिय फिल्महरु पछिल्लो क्रममा भारतका ठुला राज्यमा समेत स्थान बनाउँदै अघि बढिरहेका छन् ।

भोजपुरी फिल्मको इतिहासमा ट्रेलर रिलिजको छोटो समयमा सर्वाधिक भ्यूज र लाइक’ पाउने फिल्मको सुचीमा ‘रण’ले पहिलो स्थान लिएको पन्तले दाबी गरेका छन् । एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन् ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । उनको भोजपुरी अबतार ट्रेलरबाट नै प्रष्ट देखिइसकेको छ । यो फिल्ममा नरेनसँगै आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनयमा छन् । निर्देशक पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्ममा नेपालबाट अर्जुन जिसी सम्पादनमा जोडिएका छन् । टिजर र ट्रेलर सम्पादन भने क्रमशः मित्र डि गुरुङ र शाहिल खानले गरेका छन् । महेश पौडेलको छायांकन रहँदा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टले पनि फिल्ममा स्थान लिएका थिए ।

‘रण’ निर्देशक पन्त पछिल्लो क्रममा भोजपुरी फिल्ममा त्यो पनि एक्सन प्रधान फिल्ममा आफुलाई जबरजस्त प्रमाणित गरेका निर्देशक हुन् । पन्तले ‘ह्रस्व दीर्घ’बाट ठुलोपर्दाको नेपाली फिल्मको बागडोर सम्हाल्दैछन् ।