मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एयरपोर्ट बजार व्यावस्थापन समितीको आयोजनामा नगरपालिका क्षेत्र सरसफाई

एयरपोर्ट बजार व्यावस्थापन समितीको आयोजनामा नगरपालिका क्षेत्र सरसफाई


अछाम : जिल्लाको साँफेबगर नगरपालिकामा आज सरसफाई गरिएको छ ।

एयरपोर्ट बजार व्यावस्थापन समितीको आयोजनामा नगर क्षेत्र सरसफाई गरिएको हो । बजार व्यावस्थापन समितीका अध्यक्ष राम बहादुर कुवँरको नेतृत्व र पहलमा सरसफाई गरिएको हो ।

सफा र सुन्दर नगर बनाउने अभियानका साथ सरसफाई अभियानको थालनी गरिउको बजार व्यावस्थापन समितीका अध्यक्ष कुवँरले बताए । यसपछि क्रमश बजारको अन्य क्षेत्रमा समेत सरसफाई गरिने उनले बताए ।

सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँर, नगर प्रमुख राजेन्द्र बहादुर कुवँर, उपप्रमुख शिब बहादुर कुवँर लगायतको सहभागीता रहेको थियो ।