मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र ‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीत सार्वजनिक 

चलचित्र ‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीत सार्वजनिक 


काठमाडौं । चलचित्र ‘कृष्ण लीला’मा समावेस रहेको गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीतको बाबुल गिरीको संगीत र डा. डी.आर. उपाध्यायको शब्द छ । गीतको भिडियोमा माइकल चन्दको कोरिग्राफी, उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन छ ।

गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाइएकाले उत्कृष्ट रहेको बताए । भिडियोको सुटिङ पाँच हजार दुई सय मिटिरको उचाइमा भएको बताए । त्यस्तै, मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउनेमा आशावादी रहेको बताए । गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाए पनि पछि चलचित्रमा हाल्ने कुराले उत्साहित बनाएको बताए ।

प्रेमकथामा आधारित यो चलचित्रको ट्रेलर सार्वजनिक हुने तयारीमा छ । निर्देशक दीपक ओलीले चलचित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ हुनुहुन्छ । यो चलचित्र भदौ ३ गते कृष्णजन्माष्टमी छेकोमा प्रदर्शन हुने तयारीमा छ । गीत मनाङका विभिन्न स्थानका साथै तिलिचो ताल आसपासमा छायाँकन गरिएको छ ।