मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाँउपालिकाको निति तथा कार्यक्रम : यस्ता छन् प्राथमिक्ताका बिषय

तुर्माखाँद गाँउपालिकाको निति तथा कार्यक्रम : यस्ता छन् प्राथमिक्ताका बिषय


अछाम । जिल्लाको तुर्माखाँद गाँउपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले एक वडा एक हेलिप्याडको नितिलाई अघि सारेको छ । दुर्गम क्षेत्र रहेको पालिकामा सड्कको सहज पुहँच नहुदाँ गर्भवती र सुत्केरीलाई उपचार गराउन कठिन भएको परिस्थितीलाई मध्यनजर गर्दै क वडा एक हेलिप्याडको निति अघि सारिएको पालिका अध्यक्ष डम्बर बिसीले बताए ।

यस्तै पालिकाले माध्यमिक तहसम्मको शिक्षा निशुल्क, थेसिस लेख्नेलाई प्रोत्साह, हिंसा अन्त्यमा साक्षरता अभियान, अपाङसँग अध्यक्ष कार्यक्रम, छोरीलाई छोरा बराबर मान्नेलाइ सम्मान, स्थानीय उत्पादन र सांस्कृतिक संरक्षणको निति समेत प्रस्तुत गरेको छ ।

अध्यक्ष बिसीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा सबैलाई खानेपानी, सार्वजनिक सौचालय, मुहान संरक्षण, फोहोरलाई मोहर बनाउने, सूचना प्रणाली राष्ट्रिय रूपमा जोड्ने, लिफ्ट सिचाइ सञ्चालन, जंगलघाट सडकलाई कालोपत्रे गर्न थालनी गरिने लगायतका कार्यक्रम अघि सारेका छन् ।

यस्तै सबै सडकको स्तरोन्नति, पुलको मर्मत, सबै वडामा वडा र स्वास्थ्य भवन बनाउने, सुरक्षित आवास कार्यक्रम, घर नम्बर कायम गर्ने, जग्गाधनी पुर्जा वितरण, खुलामञ्च र प्रहरी बीट स्थापना, सबै वडामा बिजुली, टेलिफोन टावर स्थापना, कर्णालीको पानी ल्याउने, विपद् व्यवस्थापन कार्ययोजना, जमिन बाँझो राख्न नपाइने, बजार मूल्य निर्धारण, एक गाउँ एक कृषि प्राविधिक, कृषक परिचयपत्र वितरण, कृषकलाई अनुदान, जल पर्यटन सञ्चालन, पिकनिक स्पट अध्ययन, बेरोजगारलाई पहिलो प्राथमिकता, वैदेशिक रोजगार तालिम, गरिब तथ्याक संकलन, एक जनालाई छ महिना रोजगार, औधोगिक ग्राम स्थापजा, सहकारी मर्ज, राजस्व सुधार कार्ययोजना रहेका छन् ।

योजना व्यवस्थापन प्राणालीको स्थापना, सुचनाको व्यवस्थित गरिने, पारदर्शी गर्ने वडालाई पुरस्कृत, सवारी साधन नियन्त्रण, कर्मचारीलाई दण्ड र पुरस्कार तथा जनतासँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गरिने निति अघि सारिएको छ ।

गाँउसभामा निर्वतमान अध्यक्ष पुष्पराज शर्मा, उपाध्यक्ष बिमला शाही, नि. प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा लगायतको सहभागीता रहेको थियो ।

अध्यक्ष बिसीको नयाँ अभ्यास: आफ्ना प्रत्यासीलाई सम्मान

पालिका अध्यक्ष बिसीले नयाँ अभ्यासको थालनी गरेका छन् । उनले आफु संगै अध्यक्षमा उम्मेद्धारी दिएर प्रतिष्पर्धा गरेका उम्मेद्धारलाई सम्मान गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्ष पदमा प्रत्यासी रहेकालाई गाउँपालिका अध्यक्ष डम्बर बीसीले खादा, टीका लाएर सम्मान गरेका हुन्।

सम्मानित हुनेमा काँग्रेसका प्रत्यासी कर्णबहादुर बुढा, माओवादी केन्द्रका प्रत्यासी मनबहादुर वयक र समाजवादीका प्रत्यासी डबलसिंस चलाउने रहेका छन्। अध्यक्ष बिसीले आफ्नो कार्यकालमा राम्रो कम गर्ने र आफूलाई सहयोग गर्न उनीहरुलाई आग्रह गरेका थिए ।