मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन गाँउपालिकाको निति तथा कार्यक्रम सार्वजनिक, यि हुन् प्राथमिक्ताका बिषयहरु

रामारोशन गाँउपालिकाको निति तथा कार्यक्रम सार्वजनिक, यि हुन् प्राथमिक्ताका बिषयहरु


अछाम : जिल्लाको रामारोशन गाँउपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पर्यटन, कृषी, शिक्षा र स्वास्थ्यलाई प्राथमिक्तामा राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाँउपालिका अध्यक्ष मान बहादुर साँउदको अध्यक्षतामा भएको दोश्रो गाँउसभाको पहिलो अधिबेशनले पर्यटन, कृषी, शिक्षा र स्वास्थ्यलाई प्राथमिक्ता राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाँउसभामा नेकपा एमाले चक्र बहादुर रावल, कांग्रेसका अनुराधा स्वाँर, माओवादी पहल साँउद, पालिका उपाध्यक्ष सृजना बुढा लगायतले मन्तव्य राखेका थिए ।

वडा नं। १ वडाध्यक्ष चक्र बहादुर साँउदको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले गरेका थिए ।