मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्निगढी जयगढ गाउँपालिकाद्धारा बयालपाटा अस्पताललाई ५ लाख बिनियोजित

बान्निगढी जयगढ गाउँपालिकाद्धारा बयालपाटा अस्पताललाई ५ लाख बिनियोजित


अछाम । जिल्लाको बान्निगढी जयगढ गाउँपालिकाले बयालपाटा अस्पताललाई ५ लाख बजेट विनियोजन गरेको छ।

शुक्रबार बसेको गाउँ सभाले अस्पताललाई ५ लाख बजेट बिनियोजन गरेको हो । गाउँ सभामा उपाध्यक्ष बिन्दु रावलले अस्पतालका लागि ५ लाख रकम बिनियोजित गरेको उद्घोष गरिन् ।

बिगत १ दशक भन्दा बढी देखि यस क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिईरहेको अस्पतालमा पछिल्लो समय आर्थिक समस्या देखिएको छ ।

बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगततर्फ साढे चार करोड बजेट बिनियोजन गरेको छ। बयालपाटा अस्पताल सञ्चालनका लागि कुल बजेट २० करोड रकम आवश्यक रहेकोमा प्रदेश सरकारले संचालन तर्फ नभई पूजीगत तर्फ मात्रै साढे चार करोड बजेट बिनियोजित गरेको थियो ।

अस्पताल संचालनका लागि यसको व्यावस्थापन गरिरहेको न्याय हेल्थ नेपालले ५ करोड बजेट दातृ निकायबाट व्यावस्थापन गर्ने जनाएको छ । अस्पतालका लागि अझै १० करोड रकम अपुग देखिएको अस्पतालले जनाएको छ।