मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय भलिबल खेल्ने सरस्वतीको सपना

नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय भलिबल खेल्ने सरस्वतीको सपना


भलिबल प्रशिक्षक र रेफ्रीका लागि तयारी गर्दै रेखा’

अछाम । उमेरले १३/१४ बर्ष देखि नै रेखा शाही र सरस्वती जैशीले आफ्नो भलिबल खेल प्रतिको रुचीलाई मोजाका बलसंग साइनो जोडिन् । अछाम जिल्लाको ढकारी गाँउपालिकामा जन्मिएकी रेखा र सरस्वतीको सोही गाँउको कालिका देवि माबी बाट पढाई संगसंगै भलिबल खेलको यात्रा पनि सुरु भयो । एउटै गाँउ र एउटै स्कुलमा पढ्ने मिल्ने साथी भएका कारण पनि उनिहरुले खेललाई निरन्तरता दिदैँ गईन् ।

हिच्माबाट जिल्ला राष्ट्रिपति रनिंग सिल्डमा छनोट भएकी रेखा शाहीले जिल्ला हुदैँ, क्षेत्र र २०६८ मा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै छैटौँ राष्ट्रिय प्रतियोगितामा सहभागी भईन् । आफ्ना दाई भरत शाही समेत भलिबल खेलाडी भएका कारण दाईकै प्ररेणाबाट खेल्न थालेकी रेखाले राष्ट्रिय प्रतियोगितामा सहभागी भईसकेपछि बिभिन्न अरु खेलमा समेत सहभागीता जनाईन् ।

त्यसपछि उनी २०७२ मा नेपाल आर्मीमा र २०७४ मा आर्मीको भलिबल क्लबमा आबद्ध भएर राष्ट्रिय प्रतियोगिता खेलिन् । क्लबमा हुदाँ उनले बिभिन्न राष्ट्रिय खेल खेल्ने अवसर प्राप्त गरिन् । स्वास्थ्यका कारण उनले अहिले भने खेललाई निरन्तरता दिन सकेकी छैनन् । तर रेखाको अब प्रशिक्षक र रेफ्री हुने मन छ।

रेखाकी साथी सरस्वतीको चाहाना भने अन्तराष्ट्रिय प्रतियोगितामा सम्हुम पुग्ने सपना छ । आउदो असोज २८ गते देखि हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन उनि नेपाली आर्मी क्लबको बन्द प्रशिक्षणमा छन् । उनि भन्छन् अब राष्ट्रिय टिमबाट नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने ठुलो धोको छ । भलिबलमा जीवन समर्पित गर्ने गरी मेहनत गरिरहेको छु असम्भब भने केही पनि छैन् उनि भन्छन् ।

सरस्वती कक्षा ६ मा पढने बेलाबाट बिद्यालयको प्रतिनिधित्व गर्दै २०७२ सालमा राष्ट्रपति रनिगं सिल्ड खेल्दै जिल्ला र प्रदेश हुदैँ राष्ट्रिय प्रतियोगितामा सहभागी भईन् । उनले पहिलो प्राथमिक्ता भलिबल खेललाई दिन थालिन् ।

कसैको पनी जीवनको सुरुवात कुनै न कुनै सघर्षबाट नै हुन्छ् त्या चाहे ठुलो होस् या सानो त्यसले जब सफतला प्राप्त हुन्छ अनि जीवनको लयले पनि गति लिन्छ । हो त्यहि सफलताको गतिमा अघि बढेकी छन् अछामी चेली सरस्वती । बाल्यकालमा मोजाको बलले भबिबलको यात्रा तय गरेकी सरस्वतीको जीवनमा धेरै ठुलो संघर्षको कथा नभएपनि उनले आफ्नो खेल प्रतिको लगाव र मेहनले उनलाई सफलता मिल्दै गयो ।

२०७२ सालमा पोखरामा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली सेना संग जोडिएकी उनि ९ महिनाको तालिम पछि नेपाल आर्मी क्लबको टिममा परिन् । विद्यालय पढ्दा देखि, जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्डमा प्रतिनिधित्व गरी राष्ट्रिय प्रतियोगिताको भलिबल कोर्टमा प्रवेश गरेकी सरस्वतीलाई च्याम्पियन हुदैँ उत्कृष्ट खेलाडी घोषित भएपछि पूर्णरुपमा खेलाडी बनेर अघि बढ्ने बाटो खुल्यो ।

जब सरस्वती खेल क्षेत्रमा प्रबेश गरिन् उनको परिवारले पनि उत्तिकै साथ दियो, भन्छन् भलिबल मेरो जीवनको करियर बन्छ भन्ने मेरो भनाईमा परिवारको समेत साथ रह्यो । आजसम्मको सफलताको पछाडी परिवारको साथ रहेकोमा उनि खुशी व्यक्त गर्छन् । यसअघि एशिएन च्याम्यिनसिप कपका लागि सरस्वती छनोटमा परेर बन्द प्रशिक्षणमा रहेपनि त्यो खेल कोरानाका कारण स्थिगित भएको थियो ।