मुख्य समाचार

अछाम जिल्लाका पूर्वसभापति शाहीको निधन

अछाम । अछाम जिल्लाका पूर्वसभापति रामबहादुर शाहीको निधन भएको छ । तुर्माखाँद गाउँपालिका ७ तोषि घर भइ हाल बर्दियाको दौलतपुरमा रहेका शाहीको ८२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो । 

शाही २०३२ देखि ३७ सम्म पहिलो पटक जिल्ला पञ्चायतको सभापति र २०४३ देखि २०४६ को अन्तिम पञ्चायतकालिन सभापति रहेका थिए । जिल्ला सभापति हुनुअघि रामबहादुर २०२७ देखि २०३२ सम्म जिल्ला पञ्चायतको उपसभापति र २०१८ सालबाट १० वर्षसम्म गाउँपञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४९ मा र २०५४ को आम निर्वाचनका क्रममा शाही क्रमश अछाम ३ र अछाम २ बाट चुनाव लडेका थिए । २०६१ मा शाही राजपरिषद् सदस्य पनि नियुक्त भए ।

निष्ठा, अडान, सरल स्वभावका शाहीको निधनप्रति अछामस्थित राजनीति दल, सामाजिक क्षेत्रका व्यक्तिहरूले दुख व्यक्त गरिरहेका छन् । सडक, शिक्षा, स्वास्थ्यलगायतको विकासमा शाही केन्द्रित रहेका पूर्व उपसभापति तेजबहादुर विष्टको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नरेन र सुरक्षा अभिनित ‘बुलाकी’ कात्तिक १८ प्रदर्शन हुने
क्यान्सरका ७३ प्रतिशत बिरामीको रोग धेरै ढिला पहिचान हुने
सर्वसाधारणको पहुँच बाहिर चिकित्सा शिक्षा,
बाढीबाट कसरी बच्ने ? यस्ता छन् उपाय