प्रदेश समाचार

श्रावण महिना भित्रै पालिका अधिबेशन गरिसक्ने नेपाल निजामती कर्मचारी संगठन अछामको निर्णय

अछाम । नेपाल निजामती कर्मचारी संगठन अछामको बैठक बिभिन्न निणर्य गर्दै सम्पन्न भएको ।

जिल्ला अध्यक्ष बिष्णु जैशीको अध्यक्षतामा भएको बेठकले श्रावण महिना भित्रै अछामका पालिका अधिबेशन सक्ने निर्णय गरेको छ ।

बैठकले यहि असार १३ गते हुने प्रदेश अधिबेशनको तयारी गर्ने र प्रतिनिधी पठाउने निर्णय समेत गरेको जिल्ला अध्यक्ष जैशीले सुदूरआजलाइृ बताए ।

उनका अनुसार बैठकले संगठनको कार्यालय समेत छिट्टै स्थापना गर्ने निर्णय गरेको छ । बैठकको संचालन जिल्ला सचिव झनक अधिकारीले गरेका थिए ।

बैठकमा कर्मचारी संगठनका केन्द्रिय सदस्य मन्जु महतको बिशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 
निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने
उत्कृष्ठ नम्बर ल्याउनेलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने अध्यक्ष वीसीको घोषणा
यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न