प्रदेश समाचार

रामारोशन गाउँपालिकामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको नयाँ समिति चयन

अछाम : नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको रामारोशन गाउँपालिका स्तरिय प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशन आयोजक समिति सदस्य श्याम बहादुर भण्डारीको अध्यक्षतामा भएको अधिवेशनबाट दिपक खनालको अध्यक्षतामा ३० सदस्यीय संगठनको पालिका कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा मन रावल र श्याम बहादुर भण्डारी, सचिवमा बम बहादुर साउद, कोषाध्यक्षमा ममता कुमारी बुढा, सहसचिव हिरण्ड कुमार भण्डारी लगायतका सदस्य रहेका छन् ।

अधिवेशनको उदघाटन कार्यक्रममा संगठनका केन्द्रिय सदस्य रामबहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए । अधिवेशनका विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा निवर्तमान गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, पहल साउद र गाउँपालिका उपाध्यक्ष सिर्जना देवी बुढा रहेकी थिइन् । कार्यक्रममा रामारोशन पर्यटन विकास समितिका कार्यकारी निर्देशक गंगा कुवर बुढा लगायतका अतिथि रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 
निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने
उत्कृष्ठ नम्बर ल्याउनेलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने अध्यक्ष वीसीको घोषणा
यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न